लागुऔषधसहित १ जना पक्राउ
प्रकाशित मिति: आइतबार, फाल्गुण २८, २०७९ | १३:१८:२२
बारा, २८ फागुन । जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २८, २०७९ |
१३:१८:२२
2113