राप्ती १२ को गणेश माविका विद्यार्थीहरुलाई ५ सय वटा झोला वितरण
चितवन , २४ मंसिर । राप्तीको पहाडी क्षेत्रमा रहेको गणेश मा विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । राप्ती नगरपालिका वडा नम्बर १२ यौरालीटारमा रहेको गणेश माविका विद्यार्थीहरुलाई आज ५ सयवटा झोला तथा स्टेशनरी वितरण गरिएको हो ।
नेपाली कांग्रेसका चितवन क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति किरण भूषण ओली र महाधिवेसन प्रतिनिधि तथा समाजसेवी शेर बहादुर परियारले आज विद्यार्थीहरुलाई झोला तथा कपी वितरण गरेका हुन् । विद्यार्थीहरुलाई झोलाको अभाव रहेको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको समाजसेवी शेर बहादुर परियारले बताए । विगतमा समेत परियारले विभिन्न स्थानमा सहयोग गर्ने , स्वास्थ्य शिविर संचालन गर्ने लगायतको कार्य गर्दै आएका छन् । झोला तथा कपी वितरण कार्यक्रममा राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामा , क्षेत्रिय सचिव दिपक पौडेल , समाजसेवी श्रीलाल परियार लगायतको सहभागीता रहेको थियो ।