रोटरीका डिष्ट्रिक्ट गर्भनर धोजुद्वारा रोटरी क्लब अफ पूर्वीचितवनको भ्रमण
चितवन , ५ पौष । रोटरी क्लबको डिष्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद धोजुले रोटरी क्लब अफ पूर्वीचितवनको भ्रमण गरेका छन् । रोटरी क्लबको डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका गर्भनर धोजुले आज क्लबको भ्रमणसँगै क्लबले गरेको मुख्य मुख्य कामको अवलोकन तथा कार्यक्रमहरुको बारेमा जानकारी लिएका हुन् ।
सो अवसरमा क्लबमा तिनजना नयाँ सदस्यहरुलाई समेत प्रवेश गराइएको क्लबका अध्यक्ष विनोद नेपालले जानकारी दिए । क्लबका नयाँ सदस्य अजिता बुढाथोकी , राममणि कंडेल र सुरेन्द्र बस्नेतलाई डिष्ट्रिक्टका सहायक गर्भनर विनुप बरालले रोटरीको बारेमा जानकारी र प्रेरणा दिदै रोटरीमा स्वागत गरेका थिए । त्यस्तै क्लबको २०२४/२५ का अध्यक्ष अनुप अधिकारी र सचिव विनोद अर्याललाई डिष्ट्रिक्ट गर्भनर धुजुले रोटरीको पिनले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद धोजुले क्लबमा पद लिएपछि त्यसको भार पनि लिनुपर्ने र सोहि अनुरुप काम गर्नुपर्ने बताए । क्लबले समाजमा प्रभाव पार्ने र क्लबलाई चिनाउने किसिमको ठूलो प्रोजेक्ट गर्न उनले सल्लाह समेत दिए । रोटरी क्लव अफ पुर्वीचितवनले अहिलेसम्म गरेको कामको प्रसंशा गर्दै गभर्नर धोजुले क्लवको ब्रान्ड हुने गरि ठूलो पाइलट प्रोजेक्ट ल्याए डिष्ट्रिक्टले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्लवका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीका डिष्ट्रिक्ट सचिव दिनेशराज मानन्धर , क्लवका संस्थापक अध्यक्ष राममणी न्यौपाने , निवर्तमान अध्यक्ष प्रमात कुमार सेढाई, क्लबका पदाधिकारी , सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
Video