राप्ती जेसीजको अध्यक्षमा गैरे निर्विरोध निर्वाचित
प्रकाशित मिति: शनिबार, पौष १४, २०८० | २३:१७:३५
चितवन , १४ पौष । राप्ती जेसीजको अध्यक्षमा विवेक गैरे निर्विरोध निर्वाचित भएका छन् । राप्ती जेसीजको आज भएको पाचौं साधारणसभा तथा चौथो अधिवेशनबाट गैरे वर्ष २०२४ को अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
शाखाको कार्यकारिणी उपाध्यक्षमा विनिता भट्ट र पिमलाल सापकोटा (प्रकाेप) चयन भएक छन् । त्यस्तै ,उपाध्यक्षहरुमा गणेश पाठक, उमाकान्त सुवेदी, दयालक्ष्मी उप्रेती (दिपा), सुवास पाैडेल, प्रेमनाथ सुवेदी (ललित) , निर्देशकमा प्रेमनाथ सुवेदी ( ललित) , आशिष घिमिरे र विनिता सारू मगर चयन भएका छन् । महासचिवमा पदमा संजय काराखेती , काेषाध्यक्षमा श्रीकृष्ण गाैतम र कानुनी सल्लाहकारमा भुवानिश्वर रूवाली (प्रजित) मनोनीत भएका छन् ।
प्रकाशित मिति : शनिबार, पौष १४, २०८० |
२३:१७:३५
3125