टिकौलीमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सुरु,जिराैनाकाे विजयी सुरुवात
चितवन , १ जेठ । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । राष्ट्रिय युवासंघ नेपाल को ३४औं स्थापना दिबसको अबसरमा रत्ननगर नगरकमिटीले आयोजना गरेको सो प्रतियोगिताको नेकपा एमाले प्रदेश कमिटी इन्चार्ज काशिनाथ अधिकारीले उद्घाटन गरेका थिए ।
उद्घाटन खेल जिराैना फुटबल क्लबले जितेकाे छ । लामा स्पाेर्ट क्लवलाइ १ का विरुद्घ दुई गाेलले पराजित गर्दै जिराैनाले जित हात पारेकाे हाे । जिराैनाकाे जितकाे लागि ओसकाले दुई गाेल र लामा स्पार्टकाे तर्फबाट सन्देश श्रेष्ठले एक गाेल गरेका थिए । प्रतियाेगितामा जिराैनाका ओसका म्यान अफ दी म्याच घाेषित भएका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका सहित १६ टिमको सहभागिता रहेको संघका नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १ हजार नगद सहित मेडल प्रदान गरिने ।
प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासी जिल्ला सहित १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल भरतपुर ९ र रत्ननगर फुटबल क्लव बीच हुने राष्ट्रिय युवा संघ रत्ननगर नगरकमिटी सचिव बाबुराम परियारले जानकारी दिए । नगर कमिटी अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर यादबप्रसाद पाठक, एमालेका नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, नेता प्रताप डल्लाकोटी लगायतको सहभागिता रहेको छ ।