राष्ट्रपतिको सचिवालयमा थप तीन जनाको नियुक्ति
प्रकाशित मिति: बिहिबार, चैत्र ०२, २०७९ | २०:४२:४२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा थप तीन जनाको नियुत्तिः भएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे र नीजि सचिवको रुपमा चिरञ्जिवी अधिकारीलाई नियुक्त गरेका थिए । पौडेलले आज थप तीन जनालाई नियुक्त गरेका हुन् ।
नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । त्यस्तै, नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन् । उनी तनहुँकै हुन् । त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । अन्य विज्ञ सल्लाहकार र सहयोगीहरू क्रमशः नियुक्त हुने सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०२, २०७९ |
२०:४२:४२
859