राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने
प्रकाशित मिति: शुक्रबार, चैत्र ०३, २०७९ | ९:५२:२२
काठमाडौँ, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् । आज बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०३, २०७९ |
९:५२:२२
1101