१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य
काठमाडौँ, ३ चैत । उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छन् । आज उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग कुरा गर्दै उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताइन् ।
उनले भनिन्– ‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो । पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्यो, स्थितिले पनि महशुस गरायो । यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु ।
शाक्यले उपराष्ट्रपतिमा आफू विजयी हुने दाबी गर्दै भनिन्– ‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो ।’