साँठगाँठमा राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन, लोकतान्त्रिक भएन : अध्यक्ष ओली
प्रकाशित मिति: शुक्रबार, चैत्र ०३, २०७९ | १८:२५:५५
काठमाडौँ, ३ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चलेको बताएका छन् । आज संसद् भवन नयाँबानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भए पनि अहिले साँठगाँठको प्रणाली भएको बताए । कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको उनले जिकिर गरे । आफ्नो कांग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरु त्रसित भएको उनले बताए । ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०३, २०७९ |
१८:२५:५५
1233