रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित
प्रकाशित मिति: शुक्रबार, चैत्र ०३, २०७९ | १८:३०:०७
काठमाडौँ, ३ चैत । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।उनले ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०३, २०७९ |
१८:३०:०७
1189