प्रतिनिधिसभामा तीन क्षेत्र खाली, उपचुनाव सँगै की फरक मितिमा ?
काठमाडौं । प्रतिनिधिसभाको तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहनि अवस्थामा पुगेको छ । चितवन २, बारा २ र तनहुँ १ जनप्रतिनिधिविहन बन्न पुगेको हो । चितवन २ बाट निर्वाचित राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा फसेपछि उनको सांसद पद गुमेको थियो । त्यस्तै तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित राम सहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी तीन क्षेत्र अव उपचुनाव हुने भएको हो । चितवन २ मा निर्वाचन आयोगले आगामी बैशाख १० गतेका लागि निर्वाचनको मिति तोकिसकेको छ । तर तनहुँ १ र बारा २ मा भने भर्खरै रिक्त भएकोले त्यहाँको निर्वाचनका बारेमा कुनै निर्णय भईसकेको छैन ।
तर अब उपचुनाव गर्ने यी तीन क्षेत्रमा एकैपटक निर्वाचन गर्ने या चितवन २ मा तोकिएकै समयमा गरेर अन्य २ क्षेत्रमा फरक मितिमा चुनाव गर्ने भन्ने बारेमा भने अर्काे मितिमा गर्ने भन्नेमा छलफल चलेको छैन ।आयोगले अव यस बारेमा एक्पटक परामर्श गरेर निर्णयमा पुग्ने तयारी गरेको आयोग स्रोतले मेरोन्यूजलाई बताएको छ । राष्ट्रपति र उपराष्ट्रपति दुवै निर्वाचित सांसद नै निर्वाचित भएपछि दुई निर्वाचन क्षेत्र खाली भएको हो । चितवन २ सहित अहिले खाली भएका बाँकी दुई निर्वाचन क्षेत्रमा पनि एकै पटक निर्वाचन गराउने गरी निर्वाचन आयोगले तयारी गर्दा खर्च कम गर्न सकिने भएकाले त्यसतर्फ आयोगले छलफल गर्नुपर्ने कतिपयले तर्क शुरु गरेका छन् ।
तर चितवन २ का बारेमा चुनावी प्रक्रिया धेरै अगाडी बढेकोले त्यसमा तोकिएकै मितिमा चुनाव गराएर बाँकी दुई क्षेत्रमा भने अर्काे मिति तोकेर निर्वाचन गराउनु पर्ने केहीको तर्क छ । यसबारेमा अव आयोगले के गर्ला ? दलहरुले यसमा आयोगसँग कस्तो छलफल गराउँलान् ? त्यसपछि मात्र यस विषयमा निधो लाग्ने छ । तर आयोगले जे गरेपनि आगामी बैशाख अन्तिम या जेठको दोस्रो साताभित्र तीन वटै निर्वाचन क्षेत्रमा चुनाव गराउने तयारीमा आयोग अगाडी बढेको छ ।