स्ववियू निर्वाचन हुने खैरहनीको दुई शैक्षिक संस्थामध्य एकमा स्थगित,अर्कोमा अन्योल
चितवन , ४ चैत । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन हुने खैरहनीको दुईवटा शैक्षिक संस्थामध्य एउटामा निर्वाचन स्थगित भएको छ भने अर्कोमा समेत निर्वाचन अन्योलमा परेको छ ।
खैरहनीको भुवनीशंकर बहुमुखी कलेजमा आइतबार निर्वाचन नहुने भएको छ । कलेजले फागुन २९ गते नै एक सूचना जारी गर्दै कलेजमा विभिन्न विद्यार्थी संघ ,संगठनहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेकोले वार्ताको माध्यमबाट सहमती नहुदाँसम्म निर्वाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया स्थगित गरेको जनाएको थियो । शनिबारसम्म कुनै सहमति नभएकोले निर्वाचन स्थगित नै गरिएको कलेजका निर्वाचन समिति संयोजक नवराज भट्टराईले समावेशी खबरलाई जानकारी दिए ।
त्यस्तै रामपुर क्याम्पसमा भने निर्वाचनको तयारी अन्तिम समयमा पुगेर अन्योलमा परेको छ । आइतबार हुने निर्वाचनको सबै तयारी भइसकेको अवस्थामा शनिबार अपरान्ह्र नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको छ । वार्ताबाट सहमति भएर तालाबन्दी खुले निर्वाचन हुने र सहमति नभए आइतबार निर्वाचन हुने संभावना कम हुने निर्वाचन समिति संयोजक सुर्य शर्माले बताए ।