नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द
प्रकाशित मिति: बिहिबार, माघ ०५, २०७९ | २१:५६:४०
चितवन , ५ माघ । मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ ०५, २०७९ |
२१:५६:४०
1871