खैरहनी महोत्सवमा सुनगाभाका विद्यार्थीद्वारा स्मार्ट सिटीको डेमो
चितवन , ६ माघ ।
चितवनको खैरहनीमा जारी बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव परिसरमा स्मार्ट सिटीको डेमो प्रदर्शन गरिएको छ । खैरहनीकै सुनगाभा कलेजमा विद्यार्थीहरुले महोत्सव परिसरमा स्मार्ट सिटीको डेमो प्रर्दशनमा राखेका छन् । महोत्सव अवलोकन गर्न आएकाहरुलाई विद्यार्थीहरुले स्मार्ट सिटी तथा घरमा प्रविधिको प्रयोग गरि विभिन्न सुरक्षात्मक सावधानी अपाउने सक्ने तरिकाहरुको बारेमा जानकारी दिने गरेका छन् । घरमा कोही व्यक्ती प्रवेश गर्न साथ मोबाइलमा म्यासेज , ग्याँस चुहावट भएमा अटोमेटिक रुपमा घरको विद्युत कटौती हुने , परिवारको सदस्यको मोबाइलमा म्यासेज जाने , स्मार्ट डस्टविन , लाइन फलोहर रोबट , अटोमेटिक सिटी लाइट , रिमोटबाटै बत्ती , पंङ्खा अनअफ गर्न सकिने कलेजका विसिए कार्यक्रम संयोजक हरि प्रसाद सापकोटाले जानकारी दिए । विद्यार्थीहरुले पाएको ज्ञानको प्रयोगात्मक रुपमै देखिने गरि महोत्सवमा प्रदर्शनी गरिएको सापकोटाले बताए । विसिए अध्ययनरत विद्यार्थीहरुले समेत आफूले पाएको ज्ञानलाई आमजनताले बुझ्ने गरि प्रदर्शनमा ल्याउन सक्नुले नेपालमै अध्ययन गरेर समेत प्रविधिको क्षेत्रमा उल्लेख प्रगति गर्न सकिने उनको दावी छ । विद्यार्थीहरुको उक्त प्रदर्शनी महोत्सव अवलोकनकर्ताहरुको आकर्षणको केन्द्र समेत बनेको छ । उक्त स्टलको राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष विश्वनाथ पौडेल , खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , उप प्रमुख कविता उप्रेती , विभिन्न वडाका वडा अध्यक्षहरु ,सुरक्षा निकायका प्रतिनिधिहरुले अवलोकन गरेर विद्यार्थीहरुको प्रशंशा गरेका थिए ।