तनहुँ १ र बारा २ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने
प्रकाशित मिति: सोमबार, चैत्र ०६, २०७९ | १७:१०:४५
काठमाडौं , ६ चैत्र । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गर्न तय गरेको छ । आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम तय गरेको हो । जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने छ । आयोगले गत फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) बमोजिमको मतदाता नामावलीको आधारमा दुई जिल्लाको उपनिर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ०६, २०७९ |
१७:१०:४५
2069