चलचित्र ‘नांगो गाउँ’मा कर्म र सामाज्ञी
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०९, २०७९ | १२:३१:३७
काठमाडौं, ९ फागुन । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ । नांगो गाउँमा कर्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ । यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायत कलाकार टुंगो लागिसकेको छ । नांगो गाउँलाई पूना फिल्म इन्स्टिच्युट’का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नेछन् । आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जानेछ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०९, २०७९ |
१२:३१:३७
2179