सरकारमा जाने गृहकार्य गर्न समाजवादीले बनायो कार्यदल
प्रकाशित मिति: मंगलबार, चैत्र ०७, २०७९ | १४:०९:४४
काठमाडौं , ७ चैत्र । नेकपा (एकीकृत समाजवादी)ले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्ययि कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले बनाएको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् । उपमहासचिव जगन्नाथ खतिवडाले बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो । कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने न्क्र्यिौल गर्ने खतिवडाले बताए ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०७, २०७९ |
१४:०९:४४
1849