कोशी प्रदेशका माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास
प्रकाशित मिति: मंगलबार, चैत्र ०७, २०७९ | १६:५६:०२
काठमाडौँ , ७ चैत्र । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै प्रदर्शनमा उत्रिएको समूहले ताप्लेजुङमा आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो । प्रहरीका अनुसार आङ्बो चडेको गाडीमा सामान्य क्षति पुगेको छ । प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नु पर्ने भन्दै आन्दोलन भइरहेको छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र ०७, २०७९ |
१६:५६:०२
2707