विभिन्न माग राख्दै राप्रपाद्वारा खैरहनी नगरपालिकामा ज्ञापनपत्र पेश (भिडियो सहित)
चितवन , ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी खैरहनी नगर समितिले खैरहनी नगरपालिकामा विभिन्न माग राख्दै आज ज्ञापनपत्र पेश गरेको छ ।
शान्तिपूर्ण र्याली सहित गएको टोलीले खैरहनी नगरपालिकाभित्रका सामुदायिक तथा संथागत विद्यालयमा समान पाठ्यपुस्तक लागु गर्नुपर्ने, विद्यालयहरुमा प्राविधिक शिक्षा लागु गर्नुपर्ने , विद्यालयहरुमा समान पोशाक लागु गर्नुपर्ने ,स्वास्थ्य क्षेत्रमा भएको लापरबाही अन्त्य गर्नुपर्ने, स्वास्थ्य संस्थामा सबै दललाई समेटेर संचालक समिति गठन गर्नुपर्ने लगायतको मागसहित नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।
जिल्लाव्यापी कार्यक्रम अनुरुप खैरहनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको राप्रपाका खैरहनी नगर अध्यक्ष देवराज कंडेलले जानकारी दिए । ज्ञापनपत्र बुझ्दै खैरहनी नगरपालिकाका प्रशासकिय अधिकृत दामोदर अधिकारीले उक्त पत्र नगरप्रमुख समक्ष पेश गर्ने बताए ।
भिडियो