खैरहनीमा सोमबारबाट राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता
प्रकाशित मिति: आइतबार, माघ ०८, २०७९ | २१:०१:३८
चितवन , ८ माघ । खैरहनीमा सोमबारबाट राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता हुने भएको छ । खैरहनी मा विको चौरमा सोमबारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए ।
खैरहनी नगरपालिकाभित्रको संस्थागत तथा सामुदायिक विद्यालय गरि २३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुने उनले बताए । विभिन्न विधाका खेलहरुमा उत्कृष्ट हुनेहरुलाई गोल्ड मेडल तथा सिल्भर मेडल प्रदान गरिने उनले बताए । प्रतियोगिताभरि धेरै गोल्ड मेडल प्राप्त गर्ने विद्यालयलाई सिल्ड प्रदान गरिने खैरहनी नगरपालिकाका शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । कक्षा ६ देखी कक्षा १२ सम्मका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुने उनले बताए ।
प्रकाशित मिति : आइतबार, माघ ०८, २०७९ |
२१:०१:३८
2025