खैरहनी महोत्सवमा चित्रकाला प्रतियोगिता,सैनिक महाविद्यालयका महतो प्रथम
प्रकाशित मिति: आइतबार, माघ ०८, २०७९ | २१:३७:३१
चितवन , ८ माघ । खैरहनीमा जारी बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा सैनिक महाविद्यालयका जिवन महतो प्रथम भएका छन् । महोत्सव परिसरमा आज भएको चित्रकला प्रतियोगितामा सैनिक महाविद्यालयमा कक्षा ११ मा अध्ययनरत महतो प्रथम भएका छन् भने सैनिककै कक्ष १२ मा अध्ययनरत आयुषं श्रेष्ठ द्धितिय भएका छन् ।
त्यस्तै होली गार्डेन मोर्डन स्कुलमा कक्षा ६ मा अध्ययनरत निरज चौधरी तृतिय र राष्ट्रिय आधारभुत विद्यालय शान्तिबजारका राजेन्द्र वि.कले सान्तवना स्थान हासिल गरेका छन् ।
प्रकाशित मिति : आइतबार, माघ ०८, २०७९ |
२१:३७:३१
1783