एक्सपर्ट चितवन सधै उत्कृष्ट
चितवन, ८ जेठ । भरतपुर महानगरपालिकामा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ । सन् २०२२ भित्रमा पुनः यस संस्था उत्कृष्ट संस्थाको अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।
अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, न्यूजील्याण्डलगायत देशमा जानका लागि सहजीकरण गर्दै आइरहेको छ । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा विश्वविद्यालयबाट एक्सपर्ट चितवनले वर्षेनी उत्कृष्ट अवार्डहरु हात पार्न सफल भएको छ । ‘हामीले गर्ने सही परामर्श र सहजीकरणले नै कलेज, विश्वविद्यालयहरुले हामीलाई उत्कृष्टको अवार्ड प्रदान गरिहेका छन्, यसले हामीलाई थप हौसला प्रदान गरेको छ, विद्यार्थीहरुलाई उत्कृष्ट परामर्शका लागि हामी सदैव प्रतिवद्ध छौं’–एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले भने ।एक्सपर्ट चितवनलाई वेस्र्टन सिड्नी युनिभर्सिटी, सेन्टरबरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कपलान विजनेश स्कुल अष्ट्रेलिया, मेलवर्न पोलिटेक्निक, युनिभर्सिटी अफ क्यानडा वेष्ट, एलेकजेन्डर कलेज, क्र्रयान्डल युनिभर्सिटी, युएनएसडब्लु सिड्नीलगायत कलेज तथा विश्वविद्यालयले उत्कृष्ट अवार्डहरु प्रदान गरेका छन् । एक्सपर्ट मुख्य कार्यालयले पनि एक्सपर्ट चितवनलाई द ब्रान्च अफ दि इयर २०२२ को अवार्ड प्रदान गरेको थियो ।
‘आम विद्यार्थी, अभिभावक, शुभेच्छुकहरुबाट निरन्तर साथ, सहयोग, हौसला मार्गदर्शन र अटल विश्वासले गर्दा नै हामी विगत लामो समयदेखि वैदेशिक अध्ययन तथा शैक्षिक परामर्श क्षेत्रमा एक अब्बल एवं विश्वासिलो काम गर्न सफल भएका छौं, एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले भने ‘यहाँहरुकै साथ र विश्वासको फलस्वरुप अघिल्ला वर्षहरुमा झै यसपटक पनि हामी विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरु (कलेज/विश्वविद्यालयहरु)बाट सम्मानित हुन सफल भएका छौं ।’एक्सपर्टले चितवनको भरतपुर र रत्ननगरको बकुलहर चोकबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।