खैरहनीमा एड्वानले तालिमसँगै तरकारीखेती गर्न दियो बीउ पुँजी
चितवन , ८ जेठ । नेपाल दलित महिला उत्थान संघ एड्वानले खैरहनीका महिलाहरुलाई तरकारीखेती सम्बन्धी तालिमसँगै व्यवसायिक खेती गर्न बिउ पुजी समेत दिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ५ मा संचालित तालिममा सहभागी महिलाहरुलाई एड्वानले मौसमी र बेमौसमी तरकारी खेती सम्बन्धी सात दिने तालिम दिएको हो । तालिमको समापन सत्रमा आज सहभागी महिलाहरुको दुई समुहलाई नगद ५०-५० हजार रुपैयाँ बिउ पुजीको रुपमा प्रदान गरिएको छ ।
कोपिला महिला समुह र निलगिरी महिला समुहमा आवद्ध ३० जना महिलाहरुलाई प्रशिक्षक भीम वहादुर विश्वकर्माले तरकारी खेती सम्वन्धी तालिम दिएका थिए । तालिम समापनका अवसरमा वोल्दै नगर खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले तालिम पछि तरकारी खेती उत्पादन गर्न तर्फ लाग्न आग्रह गरिन् । नगरपालिकाले महिला लक्षित सिपमुलक तथा कृषि सम्बन्धी कार्यक्रम संचालन गर्दा महिलाहरुको सहभागी कम हुने भएकोले अब महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिइन् ।
खैरहनी ५ का वडाध्यक्ष छत्रनाथ सुवेदीले योजना तथा कार्यक्रम वनाएर ल्याएमा वडाले सक्ने वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । एड्वानकी अध्यक्ष विन्दु थापा परियारले सवै समुदायको आर्थिक उपार्जनसंगै सशक्तिकरणको काम गर्दै आएको वताईन् ।उनले खेतीको लागि रसायनिक मल भन्दा अर्गानिक मलको प्रयोग गर्नुपर्ने बताइन् । एड्वानले खैरहनीमा हालसम्म १३ वटा यस्तो समूह बनाएर तालिमसँगै विउ पुजी दिएको एड्वानकी सहजकर्ता सुनिता दराईले जानकारी दिइन् ।