खैरहनीमा तनाव व्यवस्थापन उत्प्रेरणात्मक कार्यक्रम
चितवन , ८ जेठ । मानसिक शान्ति,मेलमिलाप एवं तनाव व्यवस्थापन सम्वन्धी उत्प्रेरणात्मक कार्यक्रम खैरहनीमा सुरु भएको छ । खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा नगरको साविक चार वटा गाविसलाई केन्द्रित गर्दै कार्यक्रम सुरुवात गरिएको हो । पहिलो दिन साविक खैरहनी गाविस,हाल खैरहनी ५,६,७,८ र ९ नम्वरलाई केन्द्रित गरि नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख शशि कुमार खनियाँले मानसिक शान्ति,मेलमिलाप भए मात्र विकास निर्माणको काम सार्थकता पाउने वताए ।
नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक कविता उप्रेतीले काम गर्ने शिलशिलामा वाधा व्यवधान आउन सक्ने भन्दै त्यसलाई सजहता ल्याउन तनाव व्यवस्थापन,मनोशान्ती आवश्यक पर्ने भएकाले न्यायिक समितिले नगरका सवै वडालाई केन्द्रित गर्दै कार्यक्रम संचालन गरेको वताईन् । उनका अनुसार यस किसिमको कार्यक्रम चैनपुर,कठार र कुमरोज पनि संचालन गरिने छ । नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्य गोमादेवी भुजेलले स्वागत मन्तव्य तथा न्यायिक सहजकर्ता संजय चौधरीेले कार्यक्रम संचालन गरेका थिए । वडा सदस्यहरु,वडा मेलमिलाप केन्द्रका संयोजक ,टोल विकास संस्थाका अध्यक्षहरु सहभागी कार्यक्रमको पहिलो दिन व्रह्मकुमार राजु घलेले उत्प्रेरणात्मक प्रवचन दिएका थिए ।