च्याउखेती तालिम समापन
चितवन , ८ जेठ । खैरहनी नगरपालिकामा संचालित च्याउखेती सम्वन्धी शीप विकास तालिम सोमवार समापन गरिएको छ । उद्यम विकास शाखाको आयोजनामा जेष्ठ ४ गतेदेखी तालिम संचालन गरिएको थियो ।
तालिममा सहभागीहरुलाई नगर प्रमुख शशिकुमार खनियाँले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख खनियाँले खैरहनी च्याउ खेतीमा संभावित नगर भएकाले यसलाई व्यवसायिकरण गर्न तालिमले मद्यत पुर्याउने वताए । च्याउको उत्पादन जति भएपनि खपत हुने भन्दै उनले उत्पादनलाई वढाउने गरि लाग्न किसानहरुलाई उनले आग्रह गरे । यो वर्ष तालिम मात्र दिईएपनि आगामी वर्ष एड्भान्स तालिम दिएर अनुदानको व्यवस्थापन गर्ने गरि वजेट व्यवस्थापन गर्ने प्रमुख खनियाँले वताए ।
तालिममा सहभागी १५ जना किसानहरुलाई प्रयोगात्मक अभ्यास समेत गराईएको उद्यम विकास शाखाकी वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ति दाहालले जानकारी दिईन् । नगरपालिकाको कृषि शाखा प्रमुख गौरव न्यौपाने,प्राविधिक सहायक यमुना सापकोटा,भट्टराई , वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ति दाहालले प्रशिक्षण दिएका थिए ।