खैरहनीमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु,२३ वटा विद्यालय सहभागी
चितवन , ९ माघ । खैरहनीमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका २३ वटा सामुदायिक एवंम् निजि विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच खैरहनी नगरपालिकाका नगर प्रुमख शशि कुमार खनियाँले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले नगरभित्र खेलकुदको प्रर्वद्धन गर्न नगरपालिकाले नगर स्तरिय खेलकुद विकास समिति गठको अन्तिम प्रक्रियामा रहेको बताए । खेलकुद विकास समितिमार्फत नगरभित्र विभिन्न खेलकुदका गतिविधि संचालन गरिने उनले बताए । बालबालिका तथा युवा वर्गलाई खेलकुदमा संलग्न गराउन सके उनीहरु कुलतमा फस्ने सम्भावना समेत कम हुने उनले बताए । प्रतियोगिताले शारिरिक , मानसिक र सामाजिक रुपमा स्वस्थ र क्षमतावान नागरिक बनाउन टेवा पुग्ने उपप्रमुख कविता उप्रेतीले विश्वास व्यक्त गरिन् । उनले सफल जिवनको लागि पाठ्यपुस्तक ज्ञानले मात्रै नहुने भएकोले विद्यार्थीमा भएको क्षमता देखाउने अवसरको रुपमा प्रतियोगिता रहेको बताइन् ।
प्रतियोगिता संचालनको लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरिएको खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए । प्रतियोगितामा लामा तथा छोटो दुरीको दौड,कबड्डी ,भलिबल ,सर्ट पुट लगायतको खेल हुुने खैरहनी नगरपालिकाका खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले बताए। आज भएको मार्च पासमा सैनिक महाविद्यालयका विद्यार्थीको समूहले उत्कृष्ट प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको महाविद्यालयलाई ट्रफी प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु वानियाँले जानकारी दिए ।
पहिलो दिन आज भएको छात्र र छात्रातर्फको पन्ध्र सय मिटर दौड , १०० मिटर दौड र सर्ट पुटको अन्तिम खेलमा सैनिक आवसिय महाविद्यालय र माध्यमिक विद्यालय गवैले दुई दुई वटा स्वर्ण पदक जितेको छन् भने खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक एक वटा स्वर्ण पदक जितेको छ । जनजिवन मा वि र ग्लो साइन एकेडेमीले दुई दुईवटा ,सैनिक महाविद्यालय र खैरहनी मा विले एक एकवटा रजत पदक जितेको छ । कठार मा विले दुईवटा ,जनजिवन, कपिया, खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक एकवटा कास्य पदक जित्न सफल भएको खैरहनी नगरपालिकाका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक प्राप्त गर्ने विद्यालयले एक बर्षको लागि राष्ट्रपति रनिङ्ग सिल्ड प्राप्त गर्ने छ ।