त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल अख्तियारको नियन्त्रणमा
प्रकाशित मिति: सोमबार, माघ ०९, २०७९ | २३:३४:२१
काठमाडौं, ९ माघ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।
प्रकाशित मिति : सोमबार, माघ ०९, २०७९ |
२३:३४:२१
1277