भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अस्ट्रेलियाले जित्यो
काठमाडौँ, ९ चैत। भारतविरुद्ध भारतमै अस्ट्रेलियाले एक दिवसीय श्रृङ्खलामा कब्जा जमाएको छ । ३ खेलको एक दिवसीय अस्ट्रेलियाले २–१ ले जितेको हो । शृङ्खलाको अन्तिम खेलमा बुधबार भारतलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृङ्खला २–१ ले जितेको हो । वाङ्खडे स्टेडियममा पाँच विकेटले पराजित हुँदै शृङ्खलाको सुरुआत गरेको अस्ट्रेलियन टिमले त्यसपछिका दुई खेल जित्यो । आइतबार भिसाकापट्नममा भारतविरुद्ध १० विकेट जित निकाल्यो । बिहीबार चेन्नईमा भएको निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा भारतविरुद्ध २१ जनले जित निकालेको हो । भारतविरुद्धको शृङ्खला जितेसँगै अष्ट्रेलिया एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरको समाप्तिमा सबै विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो । दुई सय ७० रनको योगफल पछ्याएको भारत ४९.१ ओभरमा २ सय ४८ रन बनाएर अलआउट भयो । भारतका लागि कप्तान रोहित शर्मा र सुबनम गिलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । पूर्वकप्तान विराट कोहलीले ७२ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । त्यसबाहेक हार्दिक पाण्डेयाले ४० बलमा ४०, कप्तान रोहित शर्माले ३० र सुबनमले ३७ तथा केएल राहुलले ३२ रन बनाए ।
अस्ट्रेलियाका आडम जाम्पाले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिँए । अस्टोन एगर दुई तथा मार्कस स्टोइनिस र सिन एबोटले एक–एक विकेट लिए |अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४७, विकेटरकिपर–ब्याटर एलेक्स क्यारेले ३८, हेडले ३३ तथा मार्नुस लाबुस्चेनले २८ रन बनाए । भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । हार्दिक पाण्ड्याले तीन तथा मोहम्मद सिराज र अक्षर पटेलले दुई–दुई विकेट लिए।