चिया बगानको रुखमा युवा–युवती झुण्डिएको अवस्थामा मृत फेला, कारण खुल्न बाँकी
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ | १६:४३:३९
झापाको एक चिया बगानमा युवा–युवती रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापाको कचनकवल गाउँपालिका–४ मा रहेको एभरेस्ट चिया बगानको रुखमा उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। एउटै रुखमा घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । प्रहरीले घटनास्थल मुचुल्का संकलन गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति : मंगलबार, माघ १०, २०७९ |
१६:४३:३९
2025