उपाध्यक्ष पदका उम्मेदवार धितालद्वारा उम्मेदवारी फिर्ताको घोषणा, अधिकारीलाई समर्थन
प्रकाशित मिति: बुधबार, पौष १८, २०८० | २१:२४:४४
चितवन , १८ पुष । उद्योग वाणिज्य संघ चितवनको ५७ औं अधिवेसनमा उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार थिर प्रसाद धितालले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धितालले संघको अध्यक्ष पदका उम्मेदवार सुमन श्रेष्ठको समूहलाई समर्थन गर्दै आफूले उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उपाध्यक्ष पदमा अशोक अधिकारीलाई समर्थन गरेर आफूले उम्मेदवारी फिर्ता लिएको धितालले बताए । उद्योग वाणिज्य संघ चितवनको ५७ औं वार्षिक साधारणसभा तथा अधिवेसन यहि पौष २१ र २३ गते हुदैछ ।
प्रकाशित मिति : बुधबार, पौष १८, २०८० |
२१:२४:४४
3697