सर्लाहीको बरहथवामा झडप, एकजनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष २०, २०८० | १६:४८:५५
२० पुष , सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एकजनाको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।
मृततकको पहिचान खुलेको छैन । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष २०, २०८० |
१६:४८:५५
4841