बकुलहरमा खुल्यो द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको शाखा
चितवन , २२ पुष । पूर्वीचितवनको बकुलहरमा द नेक्स्ट एजुकेसन कन्सलटेन्सीको शाखा संचालनमा आएको छ । कन्सलटेन्सीको आज रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सापकोटाले नेपाली युवाहरु विदेशीनु पर्ने अहिलेको बाध्यता जस्तो भएको विषयले आफू खुसी नभएको भन्दै विद्यार्थीहरु विदेश गएर केहि समयको अध्ययन पश्चात् नेपाल फर्कनुपर्ने बताए । उनले अध्ययन र सिप सिक्न विदेश गएपनि पछि आफ्नै देशमा आएर काम गर्नुपर्नेमा जोड दिए । कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत शालिकराम भण्डारीले द नेकस्टले विद्यार्थीहरुलाई सधै उचित परामर्श दिने , गलत परामर्श कहिल्यै नदिने दावी गरे । सत्य तथ्य जानकारी विद्यार्थी र अभिभावकहरुलाई दिएर सरल र सहज तवरले प्रोसेसिङ गर्ने काम नै आफूहरुको मुख्य विश्वस्नीयताको आधार भएको उनले बताए ।
कन्सलटेन्सीले अस्ट्रेलिया , युके , अमेरिका , क्यानडा, न्यूजिल्यान्ड र आयरल्यान्ड जाने विद्यार्थीहरुलाई आईईएलटिएस , पिटिइ कक्षाको साथै उचित परामर्श र प्रोसिङको काम गर्दै आइरहेको छ । विगत १९ बर्षदेखी विद्यार्थीहरुको विश्वास जित्दै आएको कन्सलटेन्सीको देशभर मुख्य मुख्य शहरमा गरि १४ वटा शाखा रहेको भण्डारीले बताए । बकुलहरमा शाखा खुलेपछि रत्ननगर क्षेत्रका विद्यार्थीहरुलाई सहज हुने भएको छ । आईईएलटिएस , पिटिइ कक्षा र प्रोसेसिङको काम अब रत्ननगरबाटै हुने शाखा प्रमुख सनम क्षेत्रीले जानकारी दिए । दक्ष र अनुभवी प्रशिक्षकहरुबाट दैनिक आईईएलटिएस र पिटिइको कक्षा सुरु गरिएको क्षेत्रीले बताए ।