भरतपुरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष २७, २०८० | ९:३६:०९
चितवन , २७ पौष । भरतपुरमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । विहिवार राति करिब ८ः३० बजे भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित क्यान्सर अस्पतालको १ नं.गेट नजिकै बा.प्र.०३–००३प १७७६ नम्बरको मोटरसाइकललाई सोहि दिशा तर्फ जादै गरेको बि ए बि २८७५ नं.को कारले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक माडी नगरपालिका वडा नम्बर ६ रामराज्यपुर निवासी अन्दाजी बर्ष ३५ को कुलप्रसाद सूर्य सापकोटालाई उपचारको लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको ज्रिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।
प्रकाशित मिति : शुक्रबार, पौष २७, २०८० |
९:३६:०९
3389