उपत्यकामा भोलिदेखि मेलम्चीको पानी वितरण हुने
काठमाडौँ । काठमाडौँ उपत्यकामा भाेलि साेमवारदेखि मेलम्चीको पानी वितरण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुने भएको छ । त्यसपछि उपत्यकावासीको धारामा पानी आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताउनुभयो । उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट यही पुस २५ गते हेडवर्क्समा पानी पठाइएको छ ।
पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने अन्सारीले बताउनु भयाे । शुरुमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमश: खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ ।