उद्योग वाणिज्य संघ खैरहनीमा २० पदको लागि २५ जनाको मनोनयन दर्ता
चितवन , २२ माघ । उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमितिको लागि आज मनोनयन दर्ता भएको छ । नयाँ कार्यसमितिमा २० पदको लागि आज २५ जनाले उम्मेदवारीले दर्ता गरेका छन् । वाणिज्यतर्फको उपाध्यक्ष र वाणिज्यतर्फको सदस्य पदबाहेक अन्य पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको छ । उनीहरुमाथी दावी विरोध नपरे निर्विरोध निर्वाचित हुनेछन् ।
अध्यक्षमा कुमार खनाल , वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल , उद्योगतर्फको उपाध्यक्षमा रामेश्वर पोखरेल , एशोसियटतर्फको उपाध्यक्षमा शिवराज उप्रेती, महासचिवमा विनोद अर्याल र कोषाध्यक्षमा लक्ष्मण निरौलाको उम्मेदवारी परेको हो । एक पदको लागि एकजनाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने देखिएको छ ।
वाणिज्यतर्फको उपाध्यक्षमा एक पदको लागि दुईजनाको उम्मेदवारी परेको छ भने वाणिज्यतर्फको सदस्य पदमा ७ जना निर्वाचित हुनेमा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्यतर्फको उपाध्यक्षमा वाहलवाला महासचिव केदारनाथ बर्तौला र वहालवाला कोषाध्यक्ष क्षेत्रबहादुर रावलको उम्मेदवारी परेको छ ।त्यस्तै सदस्य पदमा वाणिज्यतर्फको सदस्यमा अजय न्यौपाने , प्रकाश मुडवरी, लक्ष्मण विसुराल , तुलसी आचार्य , वावुराम भट्ट ,रामकृष्ण बर्तौला , लालप्रसाद चालिसे , विक्रम खड्का , प्रेमनारायण जोशी , प्रविन खरेल र विनोद नेपालको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शेषशंकर उप्रेतीले जानकारी दिए ।
उद्योगतर्फको सदस्यमा अनुप अधिकारी , पुरन महतो धानुक , अम्मरराज उप्रेती , रामशरण कार्की , मनोज अधिकारी र महिला सदस्यमा दिपा कुमारी दरैको उम्मेदवारी परेको छ । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेकोले उद्योगतर्फको सदस्य र महिला सदस्यपनि निर्विरोध हुने देखिएको छ । उम्मेदवार उपर दावीविरोध र उम्मेदवारी फिर्ताको समय पश्चात् शुक्रबार दिउँसो १ बजे उम्मेदावरको अन्तिम नामावली सार्वजनिक गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताए । खैरहनीमा कृयाशिल राजनितिक दलले अधिवेशनमा सर्वसम्मतको प्रयास गरेका छन् ।
उम्मेदवारको नामावली