खैरहनीलाई २०८३ भित्र बालमैत्री स्थानिय शासनयुक्त नगर घोषणा गर्न सामुहिक प्रतिवद्धता
चितवन , २६ माघ । खैरहनी नगरपालिकालाई २०८३ सालभित्र बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गर्न सरोकारवालाहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । खैरहनी नगरपालिकामा संचालन भएको बालमैत्री स्थानिय शासनको नितिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय दुई दिने अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले आज सामुहिक प्रतिवद्धटा पत्रमा हस्ताक्षर गरेका हुन् । खैरहनी नगरपालिकाका नगर प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , वडा अध्यक्षहरु , कार्यपालिका सदस्य ,विभन्न संघ संस्थाका प्रतिनिधि , प्रहरी, कर्मचारी , विभिन्न विद्यालयका प्रधानाध्यापक , मेलमिलापकर्ता , विद्यार्थी , वाल क्लवका वालवालिकहरु लगायतका सरोकारवालाहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
२ दिनसम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा वालमैत्री स्थानिय शासनसम्बन्धी राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले सहजीकरण गरेका थिए । उनले बालमैत्री स्थानिय शासनको परिभाषा , बालमैत्री स्थानिय शासनको कार्यान्वयन निर्देशिकाको सोच , लक्ष्य , उदेश्य, बालमैत्री स्थानिय शासनका संरचना , घोषणा अवधि र नितिगत आधार , बालमैत्री स्थानिय शासन कार्यान्वयनका विभिन्न चरणहरु र त्यसका सूचकहरुको बारेमा जानकारी दिएका थिए ।
अभिमुखिकरण कार्यक्रमको समापन सत्रमा बोल्दै खैरहनी नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले समाज परिवर्तनको लागि सुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिए । उनले आफुमा परिवर्तन आएपछि मात्रै समाज रुपान्तरण गर्न सकिने बताए । खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुषालले अहिले मानिसहरु आफ्नै दौडमा रहेकोले पहिला मानविय भावनाको विकास गर्नुपर्ने बताए । उनले २०८३ भित्र खैरहनीलाई बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणा गर्न लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले वडा स्तरबाट बालमैत्री वडा घोषणा गर्दै नगरलाई घोषणाँ गरिने बताए । बालश्रममा कसैले कुनै पनि बालवालिकालाई लगाएको तथा वालविवाह गराउन लागेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेर भएपछि त्यसको रोकथाममा लाग्ने नगर प्रमुख खनियाँले बताए । बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका बनाउन सबै क्षेत्रका व्यक्तिहरुको सहयोग आवश्यक पर्ने भन्दै सबैलाई समेटेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।