राप्तीका जनप्रतिनिधिले लगाए नगर प्रमुख, उप प्रमुखको कार्यकक्षमा ताला
प्रकाशित मिति: बुधबार, फाल्गुण ०९, २०८० | २०:४३:०४
चितवन , ९ फागुन । चितवनको राप्तीमा नगरपालिकाका जनप्रतिनिधिहरुले नगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । कार्यपालिकाको बैठक माग गर्दै राप्तीका ६२ जना जनप्रतिनिधिहरुले यसअघि ज्ञापनपत्र बुझाएका थिए ।
त्यसमा कुनै सुनुवाई नभएपछि आज तालाबन्दी गरिएको राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीले जानकारी दिए । राप्तीका नगर प्रमुखले कार्यपालिका बैठक नबोलाएको भन्दै आज नगर प्रमुख शमशेर लामा , उप प्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी भएको हो । तालाबन्दी गर्ने क्रममा नेकपा एमाले र नेपाली कांग्रेस निकटका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०९, २०८० |
२०:४३:०४
3345