मोटरसाइकलले खुट्टा चेपिएको अवस्थामा खैरहनीमा एक पुरुष मृत फेला
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ११, २०८० | ९:१३:२५
चितवन , ११ फाल्गुन । पुर्वी चितवनको खैरहनीमा एक पुरुष मृत फेला परेका छन् । खैरहनी नगरपालिका वडा १० स्थित भित्री सडक खण्डमा आज बिहान खैरहनी १० निवासी ३४ बर्षिय दिलिप चौधरीको शव फेला परेको हो ।
सुर्तनिबाट कठार जाने सडकमा ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले खुट्टा च्यापिएको अवस्थामा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परि चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ११, २०८० |
९:१३:२५
6007