अङ्कुरम् एकेडेमीको बसले ठक्करदिदा एकजनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०८० | १७:००:२७
चितवन , २२ फागुन । चितवनमा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वीचितवनको भण्डारामा आज बिहान करिब ६ बजे अङ्कुरम् एकेडेमीको बसको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।
भरतपुरबाट लोथरतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ क ०८९२ नम्बरको स्कुल बसले राप्ती नगरपालिका वडा नम्बर ५ खहरेपुल नजिकै सोहि दिशाबाट गइरहेको साइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका वडा नम्बर ४ निवासी ४५ वर्षिय बिष्णुभक्त श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । तिव्रगतिको बसले सडक छेउमा रहेको साइकललाई ठक्कर दिएको स्थानियले बताएका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २२, २०८० |
१७:००:२७
6051