उवासंघ खैरहनीको कार्यसमितिमा ५ जना मनोनित
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | ११:४५:३४
चितवन , २३ फागुन । उद्योग वाणिज्य संघको कार्यसमितिमा ५ जना मनोनित भएका छन् । नयाँ कार्यसमितिको बैठकले आज १ जना विशष्ठ र अन्य ४ जना सदस्य थप गरेको छ । संघको विधानमा १ विशिष्ट सदस्यर ४ जना सदस्य अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था अनुरुप आज सदस्यहरु थप गरिएको संघका महासचिव विनोद अर्याले जानकारी दिए ।
संघका अध्यक्ष कुमार खनालको प्रस्तावमा कार्यसमितिले सर्वसम्मत रुपमा सदस्यहरु थप गरेको अर्यालले बताए । कार्यसमितिको विशिष्ठ सदस्यमा संघका पुर्वअध्यक्ष चन्द्रप्रसाद सापकोटा र सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ , राम बहादुर खड्का , किरण बुुर्लाकोटी र लालमणी कुवँर मनोनित भएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
११:४५:३४
2839