उवासंघ खैरहनीको कार्यसमितिलाई रोटरीद्वारा बधाई तथा शुभकामना
प्रकाशित मिति: शनिबार, फाल्गुण २६, २०८० | २२:२१:००
चितवन , २६ फागुन । रोटरी क्लव अफ पूर्वीचितवनले उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । क्लबले आज एक कार्यक्रमको बिच उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनाल नेतृत्वको कार्यसमितिलाई आज बधाईको साथै सफक कार्यकालको शुभकामना समेत दिएको छ ।
क्लबका अध्यक्ष विनोद नेपाल , निवर्तमान अध्यक्ष प्रमात कुमार सेढाई , संस्थापक अध्यक्ष राममणी न्यौपाने लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उवासंघका अध्यक्ष कुमार खनाल र विशिष्ट सदस्य चन्द्र प्रसाद सापकोटाले उद्योग वाणिज्य संघ व्यवसायीको हकहितमा र रोटरी सामाजिक काम गर्ने संस्था भएकाले दुवैले समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २६, २०८० |
२२:२१:००
1937