बाग्लुङमा बस दुर्घटनाहुदाँ ७ को मृत्यु
प्रकाशित मिति: सोमबार, चैत्र ०५, २०८० | २१:३८:५८
बाग्लुङ । बाग्लुङमा यात्रुबाहक बस दुर्घटना हुदाँ ७ को मृत्यु भएको छ । रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा अन्तर्गत बाग्लुङको निसीखोलामा दुर्घटना भएको थियो । बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ ।
बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ०५, २०८० |
२१:३८:५८
2135