कठारमा सिलाई कटाई तालिम सुरु
प्रकाशित मिति: शुक्रबार, चैत्र २३, २०८० | २२:०४:५१
चितवन , २३ चैत । खैरहनी नगरपालिकाको कठारमा महिलाहरुको लागि सिलाई कटाई तालिम सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १० को आयोजनामा ४५ दिनसम्म चल्ने तालिमको आज खैरहनीका नगर प्रमुख शशि कुमार खनिया र उप प्रमुख कविता उप्रेतीले उद्घाटन गरेका छन् ।
वडा कार्यालयको आयोजना तथा भूमिका टेक्निकल सर्भिस प्रा.लिको सहजिकरणमा संचालित तालिममा एकल महिला , विपन्न तथा पिछडिएका समुदायहरुको १५ जना महिलाहरुको सहभागिता खैरहनी १० का वडा अध्यक्ष चन्द्र विक्रम चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २३, २०८० |
२२:०४:५१
2421