खैरहनी ८ मा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु
प्रकाशित मिति: सोमबार, चैत्र २६, २०८० | ०:०१:१०
चितवन , २५ चैत। पुर्वी चितवनको खैरहनीमा महिलाहरूको लागि उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ को आयोजनामा भएको तालिमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले उद्घाटन गरेका छन् । वडा नम्बर ८ को महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरूको लागि उद्घोषण तथा व्यक्तित्व विकास तालिम गरिएको खैरहनि ८ का वडा अध्यक्ष शंकर कंडेलले जानकारी दिए । दुई समुहलाई ३-३ दिन संचालन हुने तालिममा कुल ७० जनालाई सहभागी गराइने वडा अध्यक्ष कंडेलले बताए ।
प्रकाशित मिति : सोमबार, चैत्र २६, २०८० |
०:०१:१०
2641