खैरहनीको सार्वजनिक सुनुवाइ,आर्थिक पारदर्शितामा प्रतिबद्ध
चितवन , २६चैत । चितवनको खैरहनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार चैनपुरमा सम्पन्न भएको छ । प्रत्येक चौमासिकमा एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्राबधान अनुसार वडा नम्बर २ को कार्यालय परिसरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले विभिन्न बिधामा नगरपालिका उत्कृष्ट भएकोमा बधाई दिदै कमिकम्जोरिलाई सुधार गर्दै अब्बल नगर बनाउन सुझाव दिए । फोहोर ब्यबस्थापन देखि,रासायनिक मलको सहज उपलब्धता ,अध्ययन गरेर सडक निर्माण गर्नुपर्ने ,हावाहुरीले पुर्याएको क्षतिको राहत,बिपदबाट हुने क्षती न्यूनीकरण सम्बन्धि सचेतना तथा तालिम दिनु पर्ने,पशुपालन र कृषिमा पर्याप्त बजेट बिनियोजन,रोजगारी ,बजार ब्यबस्थापन ,सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने ,नगरपालिका बाट फर्कदा नगरबासिमा निरासा हट्नुपर्ने बिषयमा जोड दिए । कार्यक्रममा छविध्वज बुढाथोकी ,दीर्घ केशी,बिष्णु बहादुर केसु,सारदा खड्का,भरत प्रसाद सिलवाल ,टोमलाल पाण्डे,बिकास ढुंगाना ,राजेन्द्र सडौला,उत्तम अधिकारी लगायतले जिज्ञासा तथा सुझाब राखेका थिए ।
नगरबासिको जिज्ञासा मेट्ने क्रममा नगर प्रमुख शशी कुमार खनियाले समान बिकासमा आफुहरुको ध्यान केन्द्रित रहेको भन्दै नगरबासिको जिज्ञासालाई सम्बोधन तथा सुझाब ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । विभिन्न दलबाट निर्वाचित भए पनि नगर बिकासमा कार्यपालिका सदस्य सबै एकजुट रहेको उनले बताए । मनोमानी ढंगबाट नगरपालिका नचलेको उल्लेख गर्दै प्रमुख खनियांले आर्थिक पारदर्शितामा प्रतिबद्ध रहेको औल्याए ।बिकास निर्माणका सवालमा भोलिको दिनलाई मध्यनजर गर्दै काम गरिएको उनको भनाई थियो । चितवन स्टार मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सापकोटाले दोस्रो चौमासिक सम्म नगरपालिकलए गरेका कार्यसम्पादन तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा उपप्रमुख कविता उप्रेती ,नगर शिक्षा अधिकारी राजु बानिया,वडा अध्यक्षहरु लगायत नगरबासिको उपस्थिति रहेको थियो ।