चितवनमा चारवटा सवारीसाधन एकआपसमा ठोक्कियो, एकजनाको मृत्यु २२ घाइते
चितवन , १४ जेठ । चितवनमा चारवटा सवारीसाधन दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोमा गएराती चारवटा सवारी साधन एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइतेहरुमध्य ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।राती करिव १२:३५ बजे काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नम्बर को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरीतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाएको प्रवक्ता रिजालले बताए ।
दुर्घटनामा परि अन्दाजी १७ वर्षको पुरुषको मृत्यु भएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।दुर्घटना पश्चात् सडक अबरुद्ध भएकोमा राती करिव २:३० बजे बाटो एक तर्फी सुचारु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।