खैरहनीमा पोलियो खोप ( आईपिभी ) लगाउन सुरु
चितवन , १६ जेठ । खैरहनी नगरपालिकामा पोलियो खोप ( आईपिभी ) लगाउन सुरु गरिएको छ । नियमित खोप अभियानमा छुटेका बालबालिकाहरुलाई पोलियो खोप लगाउन सुरु गरिएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया, उप प्रमुख कविता उप्रेतीको उपस्थितिमा खैरहनी मा वि स्थित खोप केन्द्रमा आज खोप अभियानको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले नेपालमा २०७१ सालबाट पोलियोको खोप लगाउन सुरु भएकोमा २०७३ जेठदेखि २०७५ भदौसम्म खोप अभाव भएकोले उक्त समयमा खोप लगाउन छुटेकाहरुलाई यस अभियानमा खोप दिइने बताए । २०७३ वैशाख १ देखि २०७५ असोज ३१ सम्म जन्म भएका बालबालिकाहरु खोप लगाइने उनले जानकारी दिए । खैरहनीका सवै विद्यालयमा जेठ १६ देखि १८ गतेसम्म खोप केन्द्र संचालन हुदैछ । खैरहनीभित्र करिव ३ हजार २ सय ५७ जना बालबालिकालाई खोप लगाउने लक्ष रहेको छ । जेठ १६ र १७ गते विद्यालयहरुमा खोप अभियान संचालन गरिने र १८ गते खैरहनीका १३ वटै स्वास्थ्य संस्थाहरुमा खोप अभियान चल्ने खनालले बताए ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले खोप अभियानमा सहजीकरण गर्न विद्यालयको भुमिका महत्वपूर्ण हुने भएको भन्दै सहयोग गर्न आग्रह गरे । विगतको अन्य खोप अभियानमा जस्तै विद्यालयहरुबाट व्यवस्थाकिय पक्षमा सहयोग हुने विश्वास व्यक्त गरे ।