चितवनमा बस र कार ठक्कर खादा बस त्रिशुली नदी किनारमा खस्यो
चितवन , ३२ जेठ । चितवनको पिस्लिङमा बस र कार ठक्कर खाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाँउपालिका वडा नम्बर ३ फिस्लिङमा बस र कार ठक्कर खादा बस त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।नेपालगन्जबाट काठमाण्डौ तर्फ गई रहेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशाबाट आईरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार बिहान करिब ७ :२५ बजे ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
कारसँग ठक्कर खाएपछि बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको भण्डारीले बताए । दुर्घटना परी बस र कारका गरि १२ जना घाइते भएका छन् । कारमा सवार पाँचजनामध्य दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कार चालक पोखरा महानगरपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को समिर ओझा र कारमा सवार काठमाडौं टोखा ६ निवासी २२ वर्षिय शेखर मिश्र गम्भिर घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।