पर्वत जलजला सेवा समाज चितवनको अध्यक्षमा जिसि चयन
प्रकाशित मिति: आइतबार, आषाढ ०२, २०८१ | २३:४२:१७
चितवन , २ असार । पर्वत जलजला सेवा समाज चितवनको अध्यक्षमा शिव बहादुर जि. सी. चयन भएका छन् । समाजको दोस्रो अधिबेशनबाट जि. सीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा रेशम बहादुर के.सी., उपाध्यक्षमा उषा रेग्मी सुवेदी, सचिवमा सुनिल आचार्य, कोषाध्यक्षमा निराजन रेग्मी र सदस्यहरुमा क्रमशः गोपीचन्द्र सापकोटा, हरिमाया सुवेदी, टिकाराम सुवेदी, कृष्ण आचार्य, राम बहादुर जि.सी., रस्सु सुवेदी सर्वसम्मत निर्वाचित भएका हुन् ।
सर्वसम्मत कार्यसमिति चयन गर्न निर्वाचन मण्डल संयोजक गुरुप्रसाद सुवेदी ,सदस्यहरु गोपीचन्द्र तिवारी र गोकर्ण कार्कीले जिम्मेवारी वहन गरेका थिए ।
प्रकाशित मिति : आइतबार, आषाढ ०२, २०८१ |
२३:४२:१७
1607