आर्थिक अनुशासन कायम गर्दै खैरहनी र भरतपुर,असुल गर्नुपर्ने बेरुजु शून्य
प्रकाशित मिति: शनिबार, आषाढ ०८, २०८१ | १४:२५:२२
चितवन , ८ असार । खैरहनी नगरपालिकाले आर्थिक अनुशासनमा कडाई गरेको छ । आर्थिक अनुशासनमा कडाई गर्दै नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को असुल उपर गर्नुपर्ने बेरुजु शून्यमा झारेको छ । महालेखा परिक्षक कार्यालयको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/८० मा खैरहनी नगरपालिकाको नियम विपरित भुक्तानी दिएर असुल उपर गर्नुपर्ने बेरुजु नदेखिएको जनाएको छ । आर्थिक बर्ष २०७८/७९ मा असुल गर्नुपर्ने बेरुजु ८२ लाख २६ हजार रहेको थियो ।
त्यस्तै भरतपुर महानगरपालिकाको समेत असुल गर्नुपर्ने बेरुजु शून्य रहेको छ । राप्ती नगरपालिकाको असुल उपर गर्नुपर्ने बेरुजु १८ लाख १२ हजार , रत्ननगर नगरपालिकाको २० लाख २९ हजार , कालिका नगरपालिकाको ४६ लाख ५९ हजार , माडी नगरपालिकाको ७२ लाख ८४ हजार र इच्छाकामना गाँउपालिकाको ३ लाख ८२ हजार ५ सय ९५ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख रहेको छ ।
प्रकाशित मिति : शनिबार, आषाढ ०८, २०८१ |
१४:२५:२२
1695